हेटौंडा क्याम्पस

वि.स.२०४५ सालमा रत्नज्योति क्याम्पस काठमाण्डौँको शाखाको रूपमा स्थापित यो संस्था वि.स.२०४७ सालबाट हेटौंडा क्याम्पसमा रूपान्तरण भई आफ्नो यात्रामा अघि बढिरहेको छ । हेटौंडा क्याम्पस विशुद्ध सामाजिक सेवाभावले स्थापित सार्वजनिक शैक्षिक संस्था हो । समाजका निम्न मध्यम वर्गीय अभिभावकहरूका सन्ततिका लागि यस क्याम्पसले उच्च शिक्षाको लागि एउटा गतिलो सारथीको रुपमा हातेमालो गरेको छ । हाल यस क्याम्पसमा तत्कालिन राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी +२ तह तथा वि.स. २०५३ मा त्रि.वि. बाट सम्बन्धन प्राप्त गरि शिक्षा शास्त्र संकाय र वि.स. २०७७ मा व्यवस्थापन तथा मानविकि संकायको सम्बन्धन प्राप्त गरि यस अन्तर्गतको ४ वर्षे स्नातक र शिक्षा शास्त्र संकायमा वि.स. २०६४ मा २ वर्षे स्नातकोत्तर तह (सेमेष्टर प्रणाली अन्तर्गत) को सम्बन्धन प्राप्त गरि कक्षा सञ्चालन गरिरहेको छ । त्यसैगरि यस क्याम्पसले वि.स.२०८० सालमा विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त गरि गुणस्तरिय शिक्षामा आफुलाई अब्बल सावित गरिसकेको छ । 

किन हेटौंडा क्याम्पस ?

  • व्यवस्थित प्रयोगशाला
  • व्यावहारिक शिक्षा
  • शान्त वातावरण
  • गुणस्तरीय शिक्षा

संचालित कार्यक्रमहरू

सुविधाहरु

विश्वविद्यालय अनुदान आयाेगबाट गुणस्तर प्रत्यायनकृत २०८०