वि. सं. २०४७ बाट सञ्चालित हेटौंडा क्याम्पस हेटौंडाले स्नातक तह सञ्चालन गरेको जानकारी विदितै छ । मकवानपुर मात्र नभएर आसपासका जिल्लाहरू चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, धनुषासम्मका विद्यार्थीहरूको पहिलो रोजाइ रहेको यस क्याम्पसले स्नातक र स्नातकोत्तर तहका कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ । 

यस क्याम्पसमा स्नातक तहमा शिक्षाशास्त्र सङ्कायअन्तर्गत नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, अर्थशास्त्र, स्वास्थ्य जनसङ्ख्या मुख्य विषयहरू सञ्चालनमा रहेका छन् भने मानविकी शास्त्र सङ्कायतर्फ अङ्ग्रेजी, गणित, समाजशास्त्र, ग्रामिण विकास मुख्य विषयहरू अध्यापन भैरहेको छ भने व्यवस्थापन सङ्कायमा पनि अध्यापन भैरहेको छ । मकवानपुरको एक मात्र शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तर (एम. एड.) तह सञ्चालन गर्ने यस क्याम्पसमा नेपाली, अङ्ग्रेजी, गणित, स्वास्थ्य एवं शैक्षिक योजना र व्यवस्थापन (EPM) विषयहरू सञ्चालित छन् । विद्यार्थी, अभिभावक एवं स्थानीय समुदायको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै हामी स्नातक तहमा वाणिज्य र मानविकी सङ्कायका कक्षा तथा स्नातकोत्तर तहमा पाठ्यक्रम र मूल्याङ्कन, जनसङ्ख्या एवं एम.पि.ए. विषय सञ्चालनको अन्तिम तयारीमा रहेका छौं ।

त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षामा निरन्तर सर्वोत्कृष्ट नतिजा हासिल गरिरहेको यस क्याम्पसको शैक्षिक, आर्थिक एवं भौतिक पक्ष अझ व्यवस्थित बनाउँदै लैजाने अभियानमा हामी दत्तचित्त छौं । निरन्तर विद्यार्थी मूल्याङ्कन, मल्टिमिडियाको प्रयोगबाट कक्षा सञ्चालन, अनुसन्धानमूलक कार्यशाला, इ-पुस्तकालय, स्थलगत अवलोकन, अध्ययन भ्रमण आदिको उचित व्यवस्थापन नै हेटौँडा क्याम्पस हेटौंडाको प्रमुख पहिचान हुन् ।

Campus Chief

विश्वविद्यालय अनुदान आयाेगबाट गुणस्तर प्रत्यायनकृत २०८०