‘जेहेन्दार छात्रबृत्ति’ – आफु अध्ययन गरिरहेको कक्षा, वर्ष वा सेमेष्टरको वार्षिक परीक्षामा सबै भन्दा बढी अंक तथा ग्रेड प्राप्त गर्ने र आन्तरिक परीक्षामा प्रथम हुने, प्रवेश परीक्षामा सबभन्दा उच्च अङ्क प्राप्त गर्ने तथा फाइनल परीक्षामा GPA ‘A’, GPA ‘A+’  ल्याएका विद्यार्थीले मात्र भर्न पाउने छन।


‘नियमित छात्रबृत्ति’– आफु अध्ययन गरिरहेको कक्षा, वर्ष वा सेमेष्टरमा संचालन भएका सबै आन्तरिक परीक्षाको सबै विषयमा उपस्थित भइ परीक्षा दिइ कम्तिमा ३ वटा विषयमा उत्तीर्ण गरेको तथा कक्षामा उपस्थिति(हाजिरी) ६० प्रतिशत भएका विद्यार्थीले मात्र भर्न पाउने छन ।


 ‘विशेष छात्रबृत्ति’ – खेलाडी, ‘क’ र ‘ख’ वर्गको अपाङ्गता भएका, आर्थिकरुपले अत्यन्त विपन्न, अति सिमान्तकृत वर्ग र जातिका विद्यार्थी तथा एकै परिवारको ३ जना विद्यार्थी अध्ययन गरिरहेको भए, त्यस्ता भर्न पाउने छन।

नियमित तर्फको छात्रबृत्ति सोही तहको कक्षा वर्ष र सेमेष्टरमा वार्षिक परीक्षा फारम भरेका विद्यार्थीहरूको कूल सङ्ख्यामध्ये बढीमा +२ तर्फ ७ (सात), स्नातकतर्फ ६(छ), स्नातकोत्तरतर्फ प्रति सेमेष्टर ५(पाँच) प्रतिशत विद्यार्थीहरूलाई यो छात्रवृत्तिको सुविधा दिइनेछ । 

विश्वविद्यालय अनुदान आयाेगबाट गुणस्तर प्रत्यायनकृत २०८०